अोस्कारको लागि छनोट भएको फिल्म ‘सेतो सूर्य’ अमेरिकाको हलमा

अोस्कारको लागि छनोट भएको फिल्म ‘सेतो सूर्य’ अमेरिकाको हलमा


ओस्कार अवार्डको लागि नेपालको तर्फबाट छनौट भएको फिल्म ‘सेतो सूर्य’ अमेरिकामा ‘ह्वाइट सन’को नामले हलहरुमा प्रदर्शनमा आएको छ।

‘सेतो सूर्य’को अमेरिकामा प्रिमियर गत जनावरी महिनामा भएको थियो। सेप्टेम्बर ६ तारिख देखि ‘सेतो सुर्य’ अमेरिकाको न्यूयोर्कको मोर्डन म्युजियम अफ आर्ट मोमा को हलमा प्रदर्शनमा आउने भएको छ।

मोमाले ‘सेतो सूर्य’लाई हरेक दिन एक शो दिएको छ। न्यूयोर्कदेखि ‘सेतो सूर्य’को प्रदर्शन अमेरिकाको अर्को शहर लस एन्जलसमा २९ सेप्टेम्वरदेखि हुने पक्का भएको छ। त्यसपछि अन्य शहरमा पनि फिल्म प्रदर्शनमा आउने सेतो सूर्यको अमेरिकी बितरक संस्था किमस्टिमले जनाएको छ।

अन्य बिभिन्न देशमा पनि फिल्म प्रदर्शनको तयारीको लागि अन्तर्राष्ट्रिय सेल्स कम्पनि म्याच फ्याक्ट्रि प्रयासरत रहेको आदि प्रोडक्सनले जनाएको छ।

‘सेतो सूर्य’ विश्वका विभिन्न शहरमा हुने महोत्सवमा पनि प्रदर्शनमा आइसकेको छ। साथै यसले विभिन्न अवार्ड पनि प्राप्त गरेको छ।

‘सेतो सूर्य’ले नेपालको तर्फबाट ओस्कर अवार्डमा सहभागीता जनाउने र भोटिङ पद्दतिबाट निर्णय हुने हुनाले यसको प्रचारमा पुरै टिम खटिएको छ।

यसको लागि बितरक संस्था किमिस्टम फिल्मको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.