फिल्म ‘मेला’को पहिलो गीत सार्वजनिक


फिल्म ‘मेला’को पहिलो गीत सार्वजनिक भएको छ। सलोन बस्नेत, अशिष्मा नकर्मी र आमेश भण्डारीको मुख्य भूमिका रहेको फिल्मको ‘परिचय पाउँ’ बोलको गीत आइतबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।

फिल्मको गीतसँगै रिलिज मिति पनि सार्वजनिक भएको छ। फिल्म कात्तिक २४ गतेबाट देशव्यापी रुपमा सार्वजनिक हुने भएको छ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यसँग नायक गजित विष्ट देखिएका छन्। लोक लयको गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धुरालीको शब्द रहेको छ। गीतको कोरियोग्राफ अभिनेत्री पवित्रा आफैले गरेकी छन्।

फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका छन्। यसैगरि मनोज के मरोडिया फिल्मका निर्माता हुन् ।

फिल्मका निर्देशक निरौलाले फिल्म मेला अन्य फिल्म भन्दा फरक बनेको बताउँदै दर्शककमो मन छुने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.