‘कुटुमा कुटु सुपारी दाना’ ले कटायो दुई करोड भ्यू


फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु सुपारी दाना’ बोलको भिडियो गीत युटुबमा अपलोड भएको तीन महिनामा  दुई करोड भ्युज कटाएको छ।

हाइलाइट्स नेपालको युटुब च्यानल मार्फत ‘कुटुमा कुटु’ बोलको भिडियो गीत जेठ १४ गते सार्वजनिक भएको थियो। भदौ १९ गतेसम्म युटुवमा २ करोड ४ लाख ८२ हजार बढी पटक हेरिएको छ।

प्रदर्शन अघि नै २ करोड भ्यु पाउने यो गीत पहिलो बनेको छ।

असिम साहले निर्देशन गरेको भिडियोमा फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेका छन्।  गीतको शब्द तथा संगीत राजनराजको रहेको छ भने गायिका मेलिना राई र गायक राजन इसानले स्वर दिएका छन्।

फिल्म ‘दुई रुपैयाँ’ भदौ २३ गते रिलिज हुने तयारीमा छ।

लोक लयमा आधारीत ‘कुटुमा कुटु’ बोलको गीत अहिले पिकनिक, कायक्रममा पनि सर्वाधिक रुचाइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.