अभिनेता राजबल्लभ कोइरालाले गरे ‘इन्गेजमेन्ट’


अभिनेता राजवल्लभ कोइरालाको इन्गेजमेन्ट भएको छ।

लामो समय अमेरिकामा बस्दै आएका कोइरालाले झापा जिल्लाकी अमेरिकामा बस्दै आएकी प्रतिमा बिमलीसँग अमेरिकामा इन्गेजमेन्ट गरेका छन्।

दुबै परिवारको उपस्थितिमा उनीहरुको इन्गेजमेन्ट भएको छ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राजबल्लभ र प्रतिमाले आइतबार आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न इन्गेजमेन्ट गरे।

यसबारे जानकारी दिँदै उनका साथी निर्देशक सुरेश दर्पण पोखरेलले फेसबुकमा तस्वीरसहित राजबल्लभलाई शुभकामना दिएका छन्। उनीहरुको विवाहको मिति भने तय भएको छैन।

नेपाली फिल्म क्षेत्रमा राम्रै नाम कमाएका राजबल्लभले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’ खेलेका छन्। उनी अभिनित ‘छ एकान छ’ अन्तिम नेपाली फिल्म हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.