उपत्यकाव्यापी गायन प्रतियोगिताको उपाधी विक्रम कार्कीलाई


बसुन्धरा नेसनल एकेडेमी टोखाले आयोजना गरेको छैटौं अन्तरविद्यालय गायन प्रतियोगिताको उपाधी बेबिलोन नेशनल मा. वि. बानेश्वरका विक्रम कार्कीले जितेका छन्।

नेभरउड इङलिस स्कुल मण्डिखाटारका पवन मित्राकोटी दोस्रो र नमुना मच्छिन्द्र मा.वि. की सृष्टी सुवेदीले तेस्रो स्थान हात पारे। माल्यावरेटोरी स्कुलका बबित बस्याल र हिम रश्मि मा.वि.का प्रशन्न पाठकले सान्तवना पुरस्कार पाए।

प्रतियोगितामा उपत्यकाका ४० विद्यालयले भाग लिएका थिए।

काठमाडौं इन्टरनेशनल स्कुल,गौरीघाटका  संगित शिक्षक अनोज चित्रकार उत्कृष्ट संगीतकार र राम खतिवडा उत्कृष्ट रचनाकार चयन भए।

विजयी प्रतिस्पर्धीलाई वरिष्ठ गायक कुमार बस्नेतले पुरस्कार र प्रमाणपत्र वितरण गरे।

कार्यक्रममा संगितकार डेनि निरौलाको एकल संगितमा तयार भएको बाल गीति एल्वम ‘बाल कुसुम’को विमोचन पनि गरिएको थियो। नेपालको राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला र समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालले संयुक्त रुपमा यो एल्वम विमोचन गरे।

यस वर्ष पनि विजयी प्रतियोगीहरुको गीत रेकर्ड गरी एल्बम निकाल्ने कार्यक्रम संयोजक तथा संगीतकार निरौलाले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.