‘ए मेरो हजुर २’ को व्यापार आक्रमक


फिल्म ‘ए मेरो हजुर २’ ले रिलिज भएको १ दिनमै ७८ लाख ७१ हजार कलेक्सन गरेको छ।

वितरकका अनुसार झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ले शुक्रबार ७८ लाख ७१ हजार कलेक्सन गरेको थियो भने शनिबार राजधानीबाट ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्न सफल भएको छ।

फिल्मको दुई दिने टोटल कलेक्सन २ करोड ३९ लाख १ हजार पुगेको छ ।

फिल्मले दर्शकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ। सार्वजनिक विदा परेकोले आइतबार पनि फिल्मको बिहानी शो हाउसफुल भएको बितरकले जनाएका छन्।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.