‘ए मेरो हजुर २’ को प्रिमियर


झरना थापाको डेब्यू निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ को बिहिबार प्रिमियर गरिएको छ।

प्रिमियरमा फिल्मका कलाकार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, झरना थापालगायत नेपाली फिल्मकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रेमकथामा आधारित फिल्मको प्रिमियरपछि अधिकांशले दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए। फिल्म आज शुक्रबार भदौ १६ गतेदेखि नेपालभर प्रदर्शनमा आएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.