बाढी पीडितको सहयोग गर्न कलाकार सक्रिय

बाढी पीडितको सहयोग गर्न कलाकार सक्रिय


अबिरल वर्षासँगै देशको विभिन्न जिल्लमा बाढी आएपछि जनजीवन निकै कष्टकर हुन पुगेको छ। बाढीले कयौंको मृत्यु हुनुको साथै कतिको घरगोठ सबै बगाएपछि मानिसहरु विस्थापित भएका छन् भने उनीहरुको उद्दारमा सरकारी पहल प्रभावकारी हुन सकेको छैन।

विपतको समयमा बाढी पीडितको गास, बास, कपास र सुरक्षाको उचित व्यवस्था गर्न सरकारलाई चौतर्फी रुपमा दवाव छ। कलाकारहरुले बाढीपीडितको सहयोगका लागि पैशा सहयोग गर्न थालेका छन्।

कलाकार दिपक राज गिरीले बाढी प्रभावित जनताको उचित व्यवस्थापन गर्न एमआरआर समुहको माध्यमबाट नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन्। यसैगरि नायिका पुजा शर्माले पनि बाढीपीडितको लागि व्यक्तिगत रुपमा एक लाख रुपैया सहयोग गर्ने घोषाणा गरेकी छन्। उनले आफुले उनीहरुको लागि लत्ता कपडा र खानको व्यवस्था गर्न पनि लागी परेको फेसबुकमार्फत जानकारी दिएकी छन्।

यसैगरि निर्देशक दिपा श्री निरौलाले पनि मोरङ समाजको माध्यमबाट नगद ५१ हजार र अभिनेत्री प्रियंका कार्कीले पनि नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्दता जनाएका छन्।

चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ।
भुकम्पपछि ३ वटा नमुना बस्ती बनाएका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले धुर्मुस सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन्। उद्दारको लागि औषधी र राहत टोली सहित कट्टेल महोत्तरी गएका छन्।

यसैगरि कलाकार मनोज गजुरेलले पनि आफ्नो तर्फबाट बाढीपीडितको लागि व्यक्तिगत २० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन्।

देश तथा विदेशबाट सहयोग गर्ने कलाकारको संख्या बढ्दो छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.