शुक्रबारदेखि फिल्म ‘संरक्षण’ प्रदर्शनमा

शुक्रबारदेखि फिल्म ‘संरक्षण’ प्रदर्शनमा


नेपाली हलमा साउन २७ गते शुक्रबार एउटा नेपाली र हिन्दी फिल्म प्रदर्शनमा आएका छन्। अभिनेता निखिल उप्रेती र सौगात मल्लद्धारा अभिनित फिल्म संरक्षण शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शनमा आएको हो।
यसैगरि बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ आजदेखि प्रदर्शनमा आएको छ।

अघिल्लो हप्ता बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘जब ह्यराी मेट सेजल’ले हल कब्जा गरेको थियो भने साउन १३ गते चलिरहेको फिल्म ‘प्रेम गीत २’ ले पनि हलहरुमा दर्शक पाइरहेको कारण ‘संरक्षण’ बाहेक अन्य फिल्महरु यो हप्ता रिलिज भएनन्। ।

निर्देशक पुणेन्द्र झाले निर्देशन गरेको फिल्म ‘संरक्षण’मा निखिल र सौगातसँगै कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको आदिको मुख्य भूमिका छ। फिल्मको निर्माण प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्मको कथा मधेस राजनीतिसँग सम्बन्धित भएको निर्देशक झाले बताएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.