निपुन राज श्रेष्ठ बने ‘ह्यान्डसम हंक नेपाल २०१७’


ह्यान्डसम हंक नेपाल २०१७ को विजेता निपुन राज श्रेष्ठ बनेका छन्। विश्व मिडिया प्रालिको आयोजना सम्पन्न कार्यक्रममा उनले २५ प्रतिश्पर्धिहरुलाई पछि पार्दै पहिलो बनेका हुन्।

यसैगरि ह्यान्सम हंकको फस्ट रनर अपमा उत्तम राज पाण्डे र सेकेण्ड रनरअप टिमेश श्रेष्ठ भएका छन्। मल्टि मिडिया तथा मस्ट पपुलरमा टिमेश श्रेष्ठ, मस्ट डिसिप्लिन दिपेन्द्र कार्की, मिस्टर फोटोजेनिक सुबोध पाण्डे, बेस्ट फिजिक श्री कृष्ण श्रेष्ठ, बेस्ट वाल्क प्रविन परियार, मस्ट ट्यालेण्टेड ओम प्रकाश आचार्य, बेस्ट पर्सनालिटी रिजन बिष्ट घोषित भएका छन्।

प्रतिस्पर्धि युवाहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको आयोजक बिक्रान्त पौडेलले बताए।

ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम प्रतिश्प्रधामा अभिनेत्री संचिता लुइटेल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा र फेसन डिजाईनर अमित झा निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए।

ह्यान्डसम हंक नेपाल २०१७ सौन्दर्य प्रतियोगिता विश्व मिडिया प्रालिले आयोजना गरेको हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.