निर्माता संघद्वारा ६ महिने कार्यपत्र प्रस्तुत

निर्माता संघद्वारा ६ महिने कार्यपत्र प्रस्तुत




निर्माता आकाश अधिकारी नेतृत्वमा निर्माता संघले उद्योग वाणिज्य संघ समक्ष आफ्नो ६ महिने कार्यपत्र प्रस्तुत गरेको छ। उद्योग वाणिज्य संघको नव-निर्वाचित कार्य समितिका सदस्यलाई बुधबार सम्मान गर्दै संघले आफ्नो कार्यपत्र प्रस्तुत गरेको हो।

कार्यपत्रमा फिल्मको सेन्सर सजिलो बनाउने, नेपाली फिल्मको समस्याहरु र त्यसका समाधानको बारेमा राष्ट्रपति समक्ष जानकारी गराउने, फिल्मको सेयर बाँडफाँड, बजेट सम्बन्धी राय सुझाव, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने जस्ता बुँदाहरु उल्लेख छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.