फिल्म ‘संरक्षण’को नारायणगढमा प्रिमियर


फिल्म संरक्षणको बुधबार चितवनको नारायणगढमा रेड कार्पेट प्रिमियर भएको छ। पुणेन्द्र झाद्वारा निर्देशित फिल्मको चितवनमा रहेको जल्मा हलमा प्रिमियर गरिएको थियो। प्रिमियरमा कलाकारहरु मलिना जोशी, अशिष्मा नकर्मी, निर्माता प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुशान्त श्रेष्ठ लगायतको उपस्थित थियो।

फिल्ममा अभिनेता निखिल उप्रेती र सौगात मल्ल भने उपस्थित थिएनन्।

यही साउन २७ गते  बिहिबार  देशव्यापी रुपमा प्रदर्शन आउने फिल्ममा अभिनेता निखिल उप्रेती र सौगात मल्लको मुख्य भूमिका छ।

लक्की मिडिया हाउस चितवनले आयोजना गरेको प्रिमियरमा ‘संरक्षण’ले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक झाले सेतोपाटीलाई बताए। उनले फिल्म ‘संरक्षण’ले मधेशको कथा बोलेको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.