सारङ्गीलाई पुरस्कार


पन्त स्मृति प्रतिष्ठानले भुवनहरि सिग्देल लिखित उपन्यास ‘सारङ्गी’ लाई पुरस्कार प्रदान गरेको छ। प्रतिष्ठानले गत वर्ष बजारमा आएका उपन्यासमध्येबाट सारङ्गीलाई उत्कृष्ट ठह¥याएको हो।

एक समारोहकाबीच लेखक सिग्देललाई भदौ २ गते २५ हजार नगदसहित पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ।

सिग्देल मुलतः छन्दमा कविता लेख्छन्। गत वर्ष उनी उपन्यास ‘आमोई’ मदन पुरस्कारको मनोनयनमा परेसँगै चर्चामा आएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.