पल र आँचलको ‘जोनी जेन्टलम्यान’ को पोस्टर सार्वजनिक


अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’को पोस्टर सार्वजनिक भएको छ। फिल्म निर्माण पक्षले फिल्मको पोष्टरसँगै नयाँ रिलिज मिति पनि सार्वजनिक गरेको छ।

यस अघि फिल्म जेठ १९ गते प्रदर्शनको तयारीमा थियो।देशको राजनीतिक अवस्थाका कारण सरेको रिलिज मिति अब भदौ ३० गते रिलिज हुने भएको छ।

‍फिल्मको निर्देशन नितिन चन्दले गरेका छन् भने एनड्रिउ पौडेलले लगानी गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.