नेपाल र भारतको सीमाको कथा बोकेको फिल्म ‘द कर्मा’को घोषणा


विश्वदिप घिमिरेको निर्देशनमा फिल्म ‘द कर्मा’को घोषणा भएको छ। घोषणापछि फिल्मको थिम पोस्टर बुधबार सार्वजनिक भएको छ। फिल्ममा दिपक आनन्दको मुख्य भूमिका रहनेछ।

बलिउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’ ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन्।

फिल्मले नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित कथा बोकेको निर्देशक विश्वदिप घिमिरे बताए।

फिल्को मुहर्त भदौ महिनाभित्र गरिने निर्माण पक्षले जनाएको छ। फिल्मको मुहर्त अवधिसम्म अभिनेत्री छनौट गरेर वर्कशपमा जाने निर्देशक घिमिरेले बताएका छन् । उनले फिल्मको वर्कशप २० दिन सम्म चल्ने बताएका छन्।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शन प्रधान फिल्म को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुने उनले बताए।

जय राज राय र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्ने उनीहरुले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.