‘संरक्षण’ टोली वीरगंजमा

‘संरक्षण’ टोली वीरगंजमा




देश दौडाहामा हिडेको फिल्म ‘संरक्षण’ टोली बुधबार वीरगंज पुगेको छ। साउन २७ गते प्ररदर्शनको तयारीमा रहेको फिल्म ‘संरक्षण’ टोलीले विरगञ्जमा फिल्मको प्रचारप्रसार गर्नुको साथै पत्रकार भेटघाट पनि  गरेकाो थियो।

कार्यक्रममा आफ्नो फिल्मको बारेमा जानकारी दिँदै निर्देशक पुणेन्द्र झाले फिल्म मधेस राजनीतिमा आधारीत भएको र यसले विद्यमान नेपाली राजनीतिको कथा बोकेको बताए।

फिल्मका एक पात्र कलाकार सुशान्त श्रेष्ठले यो फिल्मले नेपालीपन बोकेको र नेपालमा बिद्यमान राजनीतिक तथा सामाजिक स्थितिको ब्याख्या गरेको बताए।

पुर्णेन्दु प्रोडक्सन्स , द्वारिका उदय प्रोडक्सन , श्रीबास्तव फिल्म्स तथा हेटौडा मुभी मेकर्स टिमको ब्यानरमा निर्मित फिल्म साउन २७ गतेबाट देशका करिब ७५  वटा भन्दा बढी सिनेमा घरहरुबाट प्रदर्शनमा आउने निर्माता नरेन्द्र महर्जनले बताए।

डेढ करोड रुपैयाँको लगानीमा बनेको यस फिल्ममा अभिनेता निखिल उप्रेती, सौगात मल्ल, रमेश रंजन झा, मलिना जोशी, अशिश्मा नकर्मी, प्रमोद अगरहरी, कामेस्वोर चौरसिया,  सुशान्त श्रेष्ठ लगायतको प्रमुख अभिनयको रहेको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.