सुगमले ल्याए ‘दर्शन’ (भिडियो)


गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘दर्शन’ बोलको उक्त गीत मनिष बशिष्ठले लेखेका हुन् भने संगीत र स्वर दुवैमा सुगम पोखरेललाई सुन्न सकिन्छ।

शैलेन्द्र प्रधानको एरेन्ज रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। भिडियोमा निर्मल दाहाल र सफर पोखरेलको अभिनय देख्न सकिन्छ। गायक पोखरेल पनि भिडियोमा देखिन्छन्।

यो गीत सुगमको आगामी एल्बम ‘श्वेत हसिनी’ एल्बममा समावेश हुनेछ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.