‘तिते–जिरे–ब्रेकफेल’ गाइजात्रा सुरु


यस वर्षको गाईजात्रा आजदेखि सुरु भएको छ। गाईजात्राको अवसरमा साउन २४ बाट भदौ ३ गतेसम्म चल्ने तिते–जिरे–ब्रेकफेल गाईजात्रा मंगलबारदेखि सुरु भएको छ।

राजधानीको प्रज्ञा भवन कमलादीमा हुने यस कार्यक्रममा मुख्य कलाकारहरुमा दीपकराज गिरी, शिवहरि पौडेल, किरण केसी, मनोज गजुरेल, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, दमन रुपाखेती, पूर्ण थापा, रवि डंगोल, मनोज आचार्य, टीका भण्डारी, शिवहरि बैरागी, सविता गुरुङ, निरज नेपाल, कविता शर्मा, सरिस्मा मगरलगायत रहेका छन्।

कार्यक्रमको आयोजक कारोबार मिडिया प्रा‍.लि रहेको छ। कार्यक्रममा विद्यमान राजनीतिक तथा सामाजिक विकृतिहरुलाई ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरिन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.