सञ्चारकर्मी शितल शर्माको तीज गीत सार्वजनिक


सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन्। ‘हाम्रो जोडी नमुना बनाउँ’ बोलको गीतमा शब्द राजेन्द्र भण्डारी र पुरुषोत्तम गैरेको लय रहेको छ।

शितल शर्मासँगै गीतमा पुरुषोत्तम गैरेले आवाज दिएका छन्।

गीतको भिडियोमा तेस्रो लिंगी बिनिता शाहीले अभिनय गरेकी छन्। यो उनको पहिलो म्युजिक भिडियो हो। तीजको अवसरमा बनेको गीतमा खेल्ने मौका पाउँदा खुसी लागेको उनले बताएकी छन्।

गीत पानी जाहाज १ र २ सार्वजनिक गरिसकेकी शर्मा बुटवलको बुद्ध टेलिभिजनमा कार्यरत छिन्। गीतलाई बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको छ।

हेर्नुस् भिडियो

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.