सुबिनको ‘समर लभ’मा नम्रता सापकोटा

सुबिनको ‘समर लभ’मा नम्रता सापकोटा




अभिनेत्री नम्रता सापकोटाले लेखक सुविन भट्टराईको लोकप्रिय उपन्यासमा आधारित फिल्म ‘समर लभ’मा खेल्ने भएकी छन्।
उपन्यासकी पात्र सुस्मिताको भूमिकामा उनले खेल्ने पक्का भएको हो। मुस्कान ढकालको निर्देशनमा बन्न लागेको फिल्ममा अन्य कलाकारहरु एक वर्षअघि नै तय भएका थिए।

उपन्यासको मुख्य पात्र ‘सायाँ’मा मिस इन्डिया–२०१५ की सहभागी रेवती क्षेत्री र ‘अतित’को भूमिकामा आशिष पियाले खेल्ने पक्का भएको छ।

फिल्म ‘छक्का पन्जा’मा बिष्णुको भुमिकामा देखिएकी अभिनेत्री नम्रता सापकोटाले यस फिल्ममा अनुबन्धित हुँदा खुसी लागेको बताएकी छन्। उनी अहिले फिल्मको पुर्वतयारी स्वरुप विभिन्न कार्यशालामा व्यस्त छिन्।

फिल्मको छायाँकन यही साउनको अन्तिमबाट सुरु हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.