रेखा थापा कमल थापा छाडेर पशुपति शम्शेरतिर

रेखा थापा कमल थापा छाडेर पशुपति शम्शेरतिर

अौपचारिक रुपमा पशुपति शम्शेर राणाको पार्टी राप्रपा प्रजातान्त्रिकमा प्रवेश गर्दै रेखा थापा। उनीसँगै सांसदहरु दिपक बोहोरा, सरोज शर्मा र आनन्दी पन्त। तस्बिरः राप्रपा कार्यलय


अभिनेत्री रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा त्यागेर पशुपति शम्शेर राणा नेतृत्वकको नयाँ पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा (प्रजातान्त्रिक) लागेकी छन्।

म‌ंगलबार उनी औपचारिक रुपमा राणाको पार्टीमा प्रवेश गरेकी छन्। उनले राप्रपा प्रजातान्त्रिकका नेता दिपक बोहोरालाई आफु प्रजातान्त्रिकमै लागेको आधिकारीकताको प्रमाणपत्र बुझाएकी छन्।

पार्टी फुटेको भोलिपल्ट रेखाले आफु कमल थापा नेतृत्वमा रहने बताए पनि आज उनले पार्टी परिवर्तन गरेकी हुन्।

लामो समय माओवादी केन्द्रमा रहेकी रेखाले ८ महिनाअघि राप्रपा प्रवेश गरेकी थिईन्। उनी राप्रपाकी केन्द्रिय सदस्य थिइन्।

उनीसँगै गायिका कोमल ओलीले कुन पार्टीलाई समर्थन गर्ने अहिलेसम्म खुलेको छैन। उनी पार्टी फुटको विपक्षा छिन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.