कपिल शर्माले पाए दोस्रो मौका, कस्तो होला उनको ‘कमब्याक’?


लोकप्रिय कमेडियन कपिल शर्माको पछिल्लो दिन निकै उतारचढावमा बित्यो। उनको शो ‘द कपिल शर्मा शो’ को लगातार टीआरपी झर्नाले अब उनको शो नै बन्द हुने अनुमान सबैले लगाएका थिए। उनको स्वास्थ्य अवस्था पनि राम्रो नहुनु, सहकर्मीहरुले लगातार शो छाड्नु जस्ता कारण कपिलको शो को टीआपी लगातार घटेको थियो।

तर अब कपिलले दोस्रो मौका पाएका छन्। शो बन्द हुने अनुमानकाबीच कपिलले सोनी टीभीसँग एक वर्षको समय थपेका छन्।

सोनी टीभीका प्रमुख दानिश खानले ‘द कपिल शर्मा शो’ ले हरेक हप्ता विश्वभरका दर्शकको अनुहारमा मुस्कान ल्याउन सफल भएक बताउँदै यो शो को समयसिमा बढाइएको बताए। उनले समय बढाउँदा आफुलाई निकै खुसी भएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यता कपिलले पनि शो मा पाएको साथ र मायाले मुटु नै छोएको बताउँदै सोनी इन्टरटेनमेन्टप्रति आभारी भएको बताए।

अब कपिलको शो ले कस्तो गति लिन्छ त्यो भने हेर्न बाँकी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.