ट्रम्पसहित विश्वका शक्त्तिशाली व्यक्त्ति शरणार्थी भएको भए! (हेर्नुस् तस्बिर)

ट्रम्पसहित विश्वका शक्त्तिशाली व्यक्त्ति शरणार्थी भएको भए! (हेर्नुस् तस्बिर)


विश्वका शक्त्तिशाली व्यक्तिहरु जसले विश्वमा राज गरिरहेका छन् उनीहरु शरणार्थी भएको भए के हुन्थ्यो?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि उत्तर कोरियाका नेता किम जोङसम्मले विश्वलाई आफ्नो प्रभावमा पार्न अनेक प्रयास गरेका छन्। विश्वकै शक्तिशाली महिला एन्गेल मर्केल, रुसका राष्ट्रपति  भ्लादिमीर पुटिन, अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, सिरियाका राष्ट्रपति बशर अल असद लगायतका नेताहरु विश्वमा आफ्नो निती र प्रभाव पार्न प्रयासरत छन्।

यी शक्त्तिका केन्द्र मानिने व्यक्त्तिहरु शरणार्थी भएको भए के हुन्थ्यो होला भन्ने सबैलाई लाग्न सक्छ।

सिरियाली कलाकार अब्दल्ला अल -ओमारीले विश्वभरका नेताहरुलाई शक्त्तिशालीबाट शरणार्थीको रुपमा आफ्नो पेन्टिङको माध्यमबाट चित्रण गरेका छन्।

उनी आफैँ पनि विस्थापित हुन् र आफूभित्रको आक्रोश उनले यी शक्तिशाली व्यक्तिहरुलाई शरणार्थीको रुपमा चित्रण गरेर पोखेका छन्।

उनले यी तस्वीरहरु पेन्टिङ गर्दा ती व्यक्तिहरुमाथि व्यंग्य गरेका छन् जसले विश्वमा मानवता र दयापनलाई  बिर्सेका छन्। उनले यी कथित शक्त्तिशाली भन्नेको आफ्नो स्थान देखाउन र हराएको मानवता फिर्ता गर्न महसुस गराउन यस्तो पेन्टिङ गरेको बताए। उनले यी शक्त्तिशाली व्यक्त्तिले पनि यसैगरि दु :ख महसुस गरुन् भन्ने चाहेको बताउँदै यस्तो चित्रण गरेको बताएका छन्।

शरणार्थी रुपमा गरिएको चित्रणमा ट्रम्प, ओबामादेखि किम जोङसम्मका अवस्था भिख माग्दै र ज्यान जोगाउँदै हिँडेको देख्न सकिन्छ।

हेर्नुस् तस्वीरहरु

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। उनको काखमा एउटी सानी बच्ची, ढाडमा गुन्टा र हातमा संभवत: हराएका परिवारजनका तस्वीरहरु।
पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा
रुसी राष्ट्रपति भ्लादिमीर पुटिन
खानाको लाइनमा नेताहरु
जर्मन चान्सलर एंगेला मर्केल
सिरियाका राष्ट्रपति बशर अल असद
ज्यान बचाउन भाग्दै नेताहरु
उत्तर कोरियाका नेता किम जोंग
फ्रान्सका दुई पूर्व राष्ट्रपति। निकोलस सारकोजी र फ्रांस्वा ओलांद।
शरणार्थीहरु

उनको यो काम www.abdallaomari.com मा पनि हेर्न सकिन्छ।

तस्वीरहरुः www.abdallaomari.com बाट

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.