लुम्बिनी कलेजको सद्भावना दुतमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ

लुम्बिनी कलेजको सद्भावना दुतमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ


लुम्बिनी एकेडेमी कजेलको सद्भावना दुतको रुपमा मिस नेपाल २०१६ अश्मी श्रेष्ठ आबद्ध भएकी छन् । चाबहिल चुच्चेपाटीस्थित कलेजमा सोमबार आयोजित एक कार्यक्रमबीच कलेजका प्रिन्सिपल एवम् प्रबन्ध निर्देशक रविनचन्द्र कोइराला तथा श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

विद्यार्थीहरू शैक्षिक रुपमा मात्र नभई व्यावहारिक जीवनमा पनि सफल हुनुपर्ने उनको भनाइ छ । त्यसैले विद्यार्थीको बाह्य व्यक्तित्व विकासका लागि आफ्नो सक्रिय सहभागिता रहने श्रेष्ठले बताइन् ।

श्रेष्ठले कलेजमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासका अतिरिक्त व्यक्तित्व विकासका लागि विभिन्न तालिमका कक्षा पनि लिने कलेजका प्रिन्सिपल कोइरालाले बताए । पूर्वमिस नेपाल श्रेष्ठलाई कलेजको गुडविल एम्सासडरका रूपमा आबद्ध गराउन पाउँदा खुसी लागेको उनको भनाइ छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.