फिल्म ‘संरक्षण’ टोली मोफसलमा


अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’को प्रचारको लागि निर्माण टोली कलाकारसहित यतिबेला मोफसल पुगेको छ।

साउन २७ बाट प्रर्दशनमा रहेको फिल्म संरक्षण पुर्वको बिर्तामोडबाट सुरु भएर दमक, धरान, जनकपुर, बिरगंज, हेटौडा, पोखरा, बुटवल हुँदै नारायणगढ आएर मोफसल टुर सकिने निर्माण पक्षले जनाएको छ।

टुर सकिएपछि फिल्मको प्रिमियर शो बुधबार नारायणगढमा हुनेछ। फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक भएपछि यस फिल्मको क्रेज बढेको छ।

फिल्मको निर्देशन पुणेन्द्र झा ले गरेका छन्। फिल्मको कथा मधेस राजनीतिसँग सम्बन्धित छ।

फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको मुख्य अभिनय छ।

हेर्नुस् ट्रेलर

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.