फिल्म ‘हुर्रे’ मा केकी र अनुपको जोडी

फिल्म ‘हुर्रे’ मा केकी र अनुपको जोडी




यम थापाको निर्देशनमा फिल्म ‘हुर्रे’को निर्माण घोषणा भएको छ। आइतबार राजधानीमा एक कार्यक्रम गरि निर्माण पक्षले फिल्मको घोषणा गरेका हुन्।

फिल्ममा अभिनेत्री केकी अधिकारी र अभिनेता अनुप विक्रम शाही मुख्य भूमिकामा देखिनेछन्। कार्यक्रममा उपस्थित अभिनेत्री केकी अधिकारीले ‘हुर्रे’को कथावस्तु र आफ्नो भूमिका राम्रो लागेका कारण यस फिल्ममा जोडिएको बताइन्।

द याक्का इन्टरटेनमन्टको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म ‘हुर्रे’का निर्माता सोनम लामा व्लोन, छिरिङ दोर्जे लामामा रहेका छन्। फिल्ममा केकी र अनुपका साथै राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापीत, उपदेश तिमल्सेनाको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ।

फिल्मको छायांकन भदौको दोस्रो साताबाट हुने कार्यक्रममा जानकारी दिइएको छ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.