अनमोलको फिल्म ‘कृ’ को रिलिज मिति सर्यो

अनमोलको फिल्म ‘कृ’ को रिलिज मिति सर्यो




अनमोल केसी अभिनित फिल्म ‘कृ’ को रिलिज  मिति सरेको छ।
तिहारको अवसर पारेर कात्तिक ३ गते प्रदर्शन मिति तोकिएपनि अब उक्त मितिमा फिल्म रिलिज नहुेन भएको छ।

फिल्मको रिलिज मिति सरेपनि कहिले रिलिज हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन।

फिल्मको अन्तिम शुटिंग सेड्यूल मनाङ भएको र मौसमका कारण मनाङ जान सक्ने अवस्था नभएकाले छायांकन स्थगित गर्नुपरेको बताईएको छ।

सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी र अनुप बिक्रम शाहीको प्रमूख भूमिका छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.