फिल्म ‘छक्का पञ्जा २’ को फस्टलुक पोस्टर सार्वजनिक


फिल्म ‘छक्का पञ्जा २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। अघिल्लो बर्षको सर्बाधिक हिट फिल्म ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको फिल्म ‘छक्का पञ्जा २’को पोस्टर मित्रता दिवसको अवसर पारेर सार्वजनिक गरिएको निर्देशक दिपा श्री निरौलाले बताएकी छन्।

यसअघि फिल्मको गीत ‘नाइलनको साडीमा’ सार्वजनिक भइसकेको छ। पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाह गरेका सबै कलाकारहरुको अनुहार समेटिएको छ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन्।

पहिलो भागमा नदेखिएकी स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड भूमिकामा छन्। फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.