फिल्म ‘ग्याङस्टार ब्लुज’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन हुने


फिल्म ‘ग्याङस्टार ब्लुज’ नेपालमा प्रदर्शनअघि नै अष्ट्रेलियामा प्रर्दशन हुने भएको छ। भादौ २ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्म अष्ट्रलियाको मुख्य ६ शहरमा प्रदर्शन हुने फिल्मका निर्माता सरोज न्यौपाने जानकारी दिएका छन्।

उनले फिल्मको पहिलो प्रिमियर अष्ट्रेलयाको सिड्नीमा अगष्ट १३ र १४ मा हुने बताए। बाँकी शहरमा भने भदौ २ मा नेपालमा प्रदर्शनसँगै हुने न्यौपानेले बताए।

हिमा अस र मुग्लानको मूख्य प्रयोजनमा ड्रिम हाईट र रकडेल ब्वाईजले अष्ट्रेलियाका प्रमुख शहरहरुमा फिल्म ‘ग्याङस्टार ब्लुज’ प्रदर्शन गर्न लागेको हो।

फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ। फिल्म ‘होस्टेल’ बाट डेब्यू निर्देशन गरेका हेमराज बीसीले यो फिल्मको निर्देशन गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.