फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड भर्सनको गीत सार्वजनिक(भिडियो)

फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड भर्सनको गीत सार्वजनिक(भिडियो)




फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड भर्सनको गीत शुक्रबार सार्वजनिक भएको छ । नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा अभिनित फिल्मको स्याड गीत युट्युबमा सार्वजनिक गरिएको हो। यसअघि फिल्मको रोमान्टिक र आइटम गीत सार्वजनिक भएको थियो।

गीतमा आशिरमान र आना  देखिएका छन्। गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन् भने एकतारे र कालीको शब्द र सनुप पौडेलको स्वर रहेको छ।

फिल्म ‘होस्टेल’बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले यो फिल्म निर्देशन गरेका छन्। भाद्र २ गतेबाट यो फिल्म नेपालभर प्रदर्शन हुनेछ।

फिल्ममा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिषा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.