‘सी यु अगेन’लाई उछिन्दै गीत ‘डेस्पासिटो’ले कटायो ३ अर्ब भ्यू(भिडियो)


सन् २०१७ जनवरी १२ मा सार्वजनिक भएको गीत लुइस फोन्सीको ‘डेस्पासिटो’ ले सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ।

युट्युब रिलिज भएको ६ महिनामा यो गीत ३ अर्ब ३ करोड ४० लाख ७१ हजार बढी पटक हेरिएको छ।

यस अघि फिल्म ‘फास्ट एण्ड फ्युरियस ७’ को गीत ‘सी यु अगेन’ अगाडी थियो। अहिले यो गीतको भ्यु २ अर्ब ९९ सय करोड ९१ लाख ११हजार ७ सय ४२ छ। यस गीतले यो रेकर्ड रिलिज भएको १ वर्षमा बनाएको थियो।

‘डेस्पासिटो’ ६ दिनअघि मंगलबारसम्म दुई अर्ब ९३ करोड ६३ लाख सात हजार ५ सय ८ बढी पटक हेरिएको थियो। गीत ‘सी यु अगेन’ मंगलबारसम्म २ अर्ब ९८ करोढ १४ लाख ३७ हजार एक सय ६९ पटक भन्दा बढी हेरिँदा पहिलो स्थानमा थियो।

पाँच वर्षसम्म यट्यूबमा सबैभन्दा बढी हेरिएको गीत बनेर रेकर्ड कायम राख्न सफल गीत ‘गङनम स्टाईल’ अहिले तेस्रो स्थानमा झरेको छ। गङनम स्टाइले दुई अर्ब भन्दा बढी ‘भ्यूअर्स’ बनाउन पाँच वर्ष लगाएपनि ‘‘डेस्पासिटो’ ले ६ महिनामै ३ अर्बभन्दा बढी भ्युअर्स बनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.