‘रोमियो एण्ड मुना’ ले ल्यायो तीज गीत (भिडियो)


नजिकिँदै गरेको तीजको छेकोमा फिल्म ‘रोमियो एण्ड मुना’ले तीज गीत सार्वजनिक गरेको छ। ‘डान्समा एक नम्बर’बोलको गीतको भिडियोमा वसुन्धरा भुषाल, सृष्टी श्रेष्ठ, मेनुका प्रधान र सुष्मा कार्कीको अभिनय देख्न सकिन्छ।

फिल्मका  निर्देशकसमेत रहेका नरेशकुमार केसी र अर्का निर्देशक दिनेश राउत संयुक्त लिखित गीतलाई कोशिश क्षेत्रीले स‌ंगीत दिएका छन्। गीतमा उनै आफैंले पनि स्वर दिएका छन्। उनका अलावा झुमा निरौला, मिना निरौला र दीपा लामाको स्वर स्वर सुन्न सकिन्छ।

विनय श्रेष्ठ र सुष्टी श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म माघ २६ गते रिलिज हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.