फिल्म ‘ह्याप्पी न्यू ईयर’को टिजर सार्वजनिक


फिल्म ‘ह्याप्पी न्यू ईयर’को टिजर र रिलिज मिति सार्वजनिक भएको छ। आरके एम प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको आज टिजर सार्वजनिक भएको हो।

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्मको रिलिज अग्रेंजी नयाँ वर्षको अवसरमा २९ डिसेम्बर अर्थात पुष १४ गते हुने भएको छ।

फिल्मको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्ममा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।
हेर्नुस टिजर

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.