एक करोड पटक हेरियो फिल्म ‘छक्का पञ्जा’


फिल्म ‘छक्का पञ्जा’ लाई युट्युबमा १ करोड भन्दा बढी पटक हेरिएको छ। दिपा श्री निरौलाको डेब्यु निर्देशित फिल्मले युट्युबमा रिलिज भएको ६ महिनापछि एक करोडले हेरेर रेकर्ड तोडिएको छ। नेपाली फिल्म इतिहासमा यो नयाँ रेकर्ड हो। यसअघि कुनै नेपाली फिल्मले यूट्युबमा १ करोड भ्यू पाएको छैन।

फिल्मलाई बिहिबार दिउँसोसम्म १ करोड पाँच हजार १० पटक हेरिदा ५२ हजार बढी पटक लाईक भएका छन् भने ७ हजार बढीले डिसलाईक गरेका छन्।

फिल्मको ‘पुर्व पश्चिम रेल’बोलको गीतले पनि युट्युबमा १ करोड दर्शक कटाएको थियो।

अघिल्लो वर्ष रिलिज भएको फिल्म सर्वाधिक हिट भएको थियो। यसले १७ करोड रुपैयाँको व्यपार गर्दै नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी व्यपार गर्ने फिल्म बन्दै नयाँ रेकर्ड कायम गरेको थियो।

फिल्म ‘छक्का पञ्जा’ मा दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका थियो।

फिल्मको सफलतापछि ‘छक्का पञ्जा २’ को असोज ११ गते प्रदर्शनको तयारीमा छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.