बाबा रामदेव र सोनाक्षी सिन्हा टीभी रियालीटी शो मा एकसाथ देखिने

बाबा रामदेव र सोनाक्षी सिन्हा टीभी रियालीटी शो मा एकसाथ देखिने




योग गुरु रामदेव र अभिनेत्री सोनाक्षी सिन्हा एकसाथ टीभी शो मा देखिने भएका छन्। लाईफ ओकेबाट प्रशारणको तयारीमा रहेको शो ‘ओम शान्ति ओम’मा यी दुई एकसाथ जजको भूमिकामा देखिने छन्।

रामदेव शो मा महाजज हुनेछन् भने सोनाक्षीले उनलाई साथ दिनेछिन्। यो शो को शुटिङ पनि शुरु भईसकेको छ।

रामदेवले राम्रा राम्रा उपयोगी टिप्स पनि शो मा दिनेछन्।

यस शो मा सहभागीहरुले भजन गाउनेछन्। शो मा राम्रो भजन गाउन प्रतिस्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.