फिल्म ‘धनपति’ यूकेमा प्रदर्शन हुने

फिल्म ‘धनपति’ यूकेमा प्रदर्शन हुने


नेपालमा मिश्रित प्रतिक्रिया पाएको फिल्म ‘धनपति’ अब विदेशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने भएको छ। ‘धनपति’ अब यूकेका विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ।

यूकेका सबै शहरहरुमा ‘धनपति’ प्रदर्शन गर्ने अनुमती पाएको ३२ बक्सका एलबिजेट गुरुङले बताए। उनले फोल्कस्टोनस्थित टावर थ्रिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा अगस्ट १८ र लण्डन सपारी सिनेमा हलमा अगस्ट २० मा फिल्म ‘धनपति’ रिलिज हुने जनाएका छन्। अल यूके फिल्म  ‘धनपति’ प्रदर्शन गर्न ३२ बक्सलाई जी नाइनले सहयोग गरेको छ।

सफल फिल्म ‘पशुपतिप्रसाद’ पछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो । खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन्।

फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.