‘कुटुमा कुटु’ पछि राजनको नयाँ गीत, नाचे रेखा–आर्यन (भिडियो)


सुर्के थैली, पूर्व पश्चिम रेल, कुटुमा कुटुलगायत चर्चित गीतका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वरको नयाँ गीत ‘औंठी चिनो देऊ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

रेखा थापाको आगामी फिल्म ‘रुद्रप्रिया’ मा समावेश गीतको भिडियोमा रेखा थापा र आर्यन सिग्देलको नृत्य देख्न सकिन्छ। रेखा र आर्यन यसै फिल्मबाट आठ वर्षपछि सँगै देखिँदैछन्।

गीतमा राजनराजका अलावा मेलिना राईको स्वर सुन्न सकिन्छ।

प्रवीण सिंहको कोरियोग्राफी रहेको भिडियोमा रेखा, आर्यन, विश्व बस्नेत, राजन इशान देखिन्छन्।

लक्ष्मीपूजाका दिन रिलिज गर्ने बताइएको फिल्मलाई सुदीप बबी भूपाल सिंहले निर्देशन गरेका हुन्। फिल्मलाई सञ्जय लामाले खिचेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.