रेखा र आर्यनको ‘रुद्रप्रिया’ को भिडियो गीत सार्वजनिक (भिडियो)

रेखा र आर्यनको ‘रुद्रप्रिया’ को भिडियो गीत सार्वजनिक (भिडियो)




कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने रेखा थापाको फिल्म ‘रुद्रप्रिया’ को भिडियो गीत रिलिज भएको छ। ‘मेरो माया छ भने रुमाल चिनो देउ’ बोलको गीत निर्माण पक्षले बुधबार बुढा शुब्बा डिजिटल प्रालि मार्फत युट्युबमा सार्वजनिक गरेको हो।

गीतमा रेखा थापा, आर्यन सिग्देल र राजन इसान फिचरिङ भएका छन्। गीतको भिडियोमा कठ्पुतलीको स्टाइलमा नृत्य  भएकाले फरकपना दिन खोजिएको छ।

गीतमा राजनराज सिवाकोटीले संगीत दिएका छन् भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ।

सात वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छन्। फिल्मको निर्माता सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन्।

गीतको अडियो भने यही साउन १५ गते रिलिज भएको थियो।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.