‘बाहुबली’लाई टक्कर दिने फिल्म बनाउने प्रभु देवाको दाबी


बलिउड अभिनेता तथा निर्देशक प्रभु देवाले फिल्म ‘बाहुबली’लाई नै टक्कर दिनेखालको फिल्मको तयारीमा लागेको दाबी गरेका छन्।  आगामी फिल्म ‘गुलबकावली’ले बाहुबलीलाई टक्कर दिने उनको दाबी छ।

एसएस राजमौलीको फिल्म ‘बाहुबली’ले सबै रेर्कड तोडेको थियो। फिल्म बाहुबलीले दक्षिण भारतीय फिल्ममा एउटा स्तर स्थापित गरेको छ। यसैको चुनौती पुरा गर्न प्रभुदेवा तम्सिएका छन् र उनले आफ्नो फिल्मको बजेट बढाएका छन्।

फिल्म ‘गुलबकावली’का निर्देशक कल्याण एस को टिमले यो फिल्मलाई ‘बाहुबली’लाई टक्कर दिने दृश्य राख्ने प्रयास गरिने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.