रेखा र आर्यनको ‘रुद्रप्रिया’ को अडियो गीत सार्वजनिक


कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने रेखा थापाको फिल्म ‘रुद्रप्रिया’ को अडियो गीत रिलिज भएको छ। ‘मेरो माया छ भने रुमाल चिनो देउ’ बोलको गीतमा राजनराज सिवाकोटीले संगीत दिएका छन् भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ।

सात वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म रुद्रप्रिया लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छन्हु। फिल्मको निर्माता सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन्।

पछिल्लो पटक ‘कुटुमा कुटु’ जस्तो सर्वाधिक हिट गीत दिएका संगीतकार सिवाकोटीले ‘रुद्रप्रिया’मा दिएको यो गीत पनि हिट हुने अपेक्षा राख्न सकिन्छ । गीतको भिडियो यही साउन १८ गते रिलिज हुने जनाइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.