‘प्रेम गीत २’ र ‘रुद्र’ प्रदर्शनमा


नेपाली हलमा शुक्रबार दुई नेपाली फिल्म रिलिज भएका छन्। यस साता फिल्म ‘प्रेम गीत २’ र ‘रुद्र’ नेपाली हलमा प्रर्दशनमा आएका हुन्।

फिल्म ‘प्रेम गीत’ को सफतापछि निर्माता सन्तोष सेनको ‘प्रेम गीत २’ शुक्रबार रिलिज भएको भने अभिनेता निखिल उप्रेती प्रोडक्शनको फिल्म ‘रुद्र’ पनि प्रर्दशनमा आएको छ।

आशुसेन फिल्मसको ब्यानरमा बनेको फिल्म फिल्म ‘प्रेम गीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका छन्। फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

फिल्म’ रुद्र’ निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। ‘रुद्र’ मा निखिल उप्रेती, सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको मुख्य अभिनय छ।

यसैगरि शुक्रबार नेपाली हलमा हिन्दी फिल्म ‘मुबारका’ प्रर्दशनमा आएको छ। अंग्रेजी फिल्म ‘भलेरियन एण्ड द सीटी अफ अ थाउजेन्ट प्लानेट’ पनि नेपाली मल्टीप्लेक्सहरुमा प्रर्दशनमा आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.