कवि नवराज पराजुलीको सिड्नीमा ‘कविता कन्सर्ट’


कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुले २०४औँ भानु जयन्तीको अवसरमा ‘अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७’ मा कवि पराजुलीले आफ्ना सहकर्मी बाँसुरी बादक सम्यक महर्जनका साथ आफ्ना कविता सुनाएका थिए।

कवि नवराज पराजुलीले नेपाली भाषा र साहित्यमा कविता विधामा पुर्याएको योगदानको कदर गर्दै अनेसास एन एस डब्ल्यु अस्ट्रेलियाको तर्फबाट अनेसास केन्द्रका उपाध्यक्ष्य भीमसेन सापकोटा, नेपाली समुदायका अगुवा डा नारायण प्रधान र अनेसास एन एस डब्ल्यु कि अध्यक्ष्य सानु घिमिरेले संयुक्त रुपमा प्रशंशा पत्र प्रदान गर्दै अभिन्नदन गरिएको थियो।
२०७३ सालको मदन पुरस्कार र पद्मश्री पुरस्कारको लागि मनोनित भएको बहुचर्चित कविता कृति  ‘सगरमाथाको गहिराई’ संग्रहको सगरमाथाको गहिराई शिर्षक बाट पराजुलीले कन्सर्टको आरम्भ गरेका थिए।

अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ ‘अष्ट्रेलिया’बाट पुरस्कृत नवराज पराजुली पर्फमेन्स पोयट्रीबाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका हुन्।

सिड्नीको एस्फिल्डको पोलिश क्लब मा २३ जुलाई आइतबार आयोजना गरिएको सो कार्यक्रमको अध्यक्ष्यता अनेसास एन एस डब्ल्यु कि अध्यक्ष्य सानु घिमिरे ले गरेकी थिइन्। अब पराजुलीको अर्को कार्यक्रम २८ जुलाईमा ब्रिसबेन , ३१ जुलाईमा एड्लेड र ५ अगस्टमा मेलबोर्नमा हुने भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.