विश्वकवि रविन्द्रनाथ टेगोरको १५६ औं जन्मजयन्ती


नेपालस्थित बंगलादेश राजदुतावसाले विश्व कवि रविन्द्रनाथ टेगोरको १५६ औं जन्मजयन्ती मनाएको छ।

बिहिबार आर्मी अफिसर्स क्लबमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि दुतावासले टेगोरको १५६ औं र कवि काजी नज्रुल इस्लाम को ११८औं जन्मजयन्ती मनाएको हो।

कार्यक्रममा प्रस्तोताहरुले टेगोर र नज्रुल का कविता र गीतहरु प्रस्तुत गरेका थिए।

कार्यक्रमा नेपाली तथा विदेशी दर्शकले सहभागतिा जनाएको आयोजकले जनाएको छ। राजदुतावसले नेपाल संगती, नाटक एकाडेमीको सहकार्यमा कार्यक्रमको आयोजनामा गरेको थियो। नेपाल बंगलादेश बैंकले यसलाई सह प्रायोजन गरेको थियो। ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.