आयो ‘दुई रुपैयाँ’को ट्रेलर (भिडियो)

आयो ‘दुई रुपैयाँ’को ट्रेलर (भिडियो)


फिल्म ‘दुई रुपैयाँ’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्म टोलीले तीन मिनेट ३६ सेकेन्डको ट्रेलर सार्वजनिक गर्‍यो।

निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन इशानलगायत अभिनित फिल्मलाई असीम शाहले निर्देशन गरेका हुन्। असीमको यो डेब्यु निर्देशन फिल्म हो। यसअघि उनी म्युजिक भिडियो, विज्ञापन निर्देशनमा सक्रिय थिए।

यसै फिल्ममा समावेश गीत ‘कुटुमा कुटु’ अहिले चर्चित छ। फिल्म भदौ २३ मा रिलिज हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.