विदेहले ल्याए ‘प्रस्ताविक’


गीतकार तथा संगीतकार विदेहमणि उपाध्यायको शब्द रचना तथा संगीतमा आधुनिक गीतहरुको संग्रह ‘प्रस्ताविक’ सार्वजनिक भएको छ। पूर्व प्रहरी वरिष्ठ उपरिक्षक विश्वमणि उपाध्यायले राजधानीमा एल्बमको लोकार्पण गरे।

बेलायतमा बसोबास गर्दै आएका उपाध्यायको यो एल्बममा छ वटा गीत समावेश छन्। एल्बमको पहिलो गीत ‘आउ मनको मित’ राष्ट्रिय भावको छ। यो गीतमा गायक अनुप रेग्मीको स्वर सुन्न सकिन्छ। ‘सुन सुन डल्ली रेशम’ शीर्षकको यूगल गीतमा गायक अनुप रेग्मी तथा गायिका मनीषा पोखरेलको स्वर छ। ‘शुभकामना छ जन्मदिनको…’ गीतमा भने गीतकार तथा संगीतकार विदेहमणि उपाध्यायकै स्वर सुन्न सकिन्छ।

एल्बममा एउटा गजल पनि छ। ‘लहरायो सोचको फाँट’ शीर्षकको गजलमा गायक राज सिग्देलको स्वर समावेश छ। ‘पुरा गर सपना…’ शीर्षकको एल्बमको पाँचौं गीतमा गायक शेखर ढकालको स्वरमा रेकर्ड भएको छ। एल्बमको छैठौं गीत ‘म यार यार भन्छु’ मा भने गायक अनुप रेग्मी तथा गायिका जुनु गौतको स्वर समावेश छ।

एल्बमका गीतमा गायक अनुप रेग्मी तथा विदेह मणि उपाध्यायले संयुक्त रुपमा संगीत दिएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.