नेपाल आइडलमा सहभागी सुरज थापाको भिडियो गीत सार्वजनिक

नेपाल आइडलमा सहभागी सुरज थापाको भिडियो गीत सार्वजनिक


नेपाल आइडलमा सहभागी सुरज थापाको ‘ओ प्रिया’ बोलको गीत सार्वजनिक भएको छ।

थापाको एल्बम ‘कन्दन’को अर्को गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा थापाकै शब्द, संगीत र स्वर रहेको छ।

हरी हुमागाईले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुमी मोक्तानले अभिनय गरेका छन्।

लामो समयदेखि गायन क्षेत्रमा सक्रिय थापाको यसअघि सोही एल्बमबाट ‘बहुला हुँ म बहुला हुँ’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो।

रियालीटी कार्यक्रम नेपाल आइडलमा सहभागी भएपछि उनले यो गीत सार्वजनिक गरेका हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.