‘संरक्षण’ १६ वर्ष मुनिकाले अभिभावकको निगरानीमा हेर्नुपर्ने


फिल्म ‘संरक्षण’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ। राजनीतिक विषयबस्तुमा बनेको फिल्म ‘संरक्षण’ हेर्न अब १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको निगरानीमा हेर्नुपर्नेछ।

सेन्सर बोर्डले फिल्मका कुनै पनि दृश्य हटाएको छैन भने फिल्मका केही दृश्य र संवादमा म्युट गरेर प्रदर्शन गर्न निर्देशन दिएको छ।


फिल्मलाई पुर्णेन्दु झाले निर्देशन गरेका छन्।

फिल्ममा अभिनेता निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.