फिल्म ‘ग्याङ्स्टर ब्लुज’को आइटम गीत सार्वजनिक


फिल्म ‘ग्याङ्स्टर ब्लुज’को आइइटम गीत सार्वजनिक भएको छ। भदौ २ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्मको आइटम गीतमा सृष्टि कार्की देखिएकी छन्।

गीतमा स्वर गायक कालिप्रसाद बास्कोटा र गायिका बानिका प्रधानको रहेको छ भने संगीत पनि बास्कोटाले नै भरेका छन्।

हेमराज बीसीद्धारा निर्देशित फिल्म ‘ग्याङ्स्टर ब्लुज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.