युटुबको ट्रेन्डिङमा ‘ए मेरो हजुर २’ शीर्ष स्थानमा


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव -अभिनेता सलिनमान बानियाँ अभिनित फिल्म ‘ए मेरो हजुर २’को ट्रेलर यतिबेला युटुबको ट्रेन्डिङको शीर्ष स्थानमा आएको छ। मंगलबारसम्म फिल्म ‘छक्का पन्जा २’ को गीत पहिलो स्थानमा रहेकोमा बुधकार ‘ए मेरो हजुर’ले ठाउँ ओगटेको छ।

शुक्रबार रिलिज भएको ट्रेलरले २४ घण्टा नबित्दै ५ लाख बढी दर्शकले हेरेका थिए। बुधबार ट्रेन्डिङमा पहिलो स्थानमा रहँदा ट्रेलरलाई ९ लाख ८७ हजार भन्दा बढीले हेरिसकेका छन्।

झरना थापाद्वारा डेब्यु निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा छ। यो फिल्म १० वर्ष अगाडीको फिल्म ‘ए मेरो हजुर’को सिक्वेल हो। जसमा अभिनेत्री झरना थापा र अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठको अभिनय रहेकाे थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.