‘ग्याङ्स्टर ब्लुज’को पोस्टरमा यस्तो देखियो आशिर्मान–आनाको जोडी


होस्टल, जेरी, गाजलु, सम्बोधनजस्ता फिल्मका निर्देशक हेमराज बिसी निर्देशित पछिल्लो फिल्म ‘ग्याङ्स्टर ब्लुज’ को औपचारिक पोस्टर सार्वजनिक भएको छ।

आशिर्मान देशराज श्रेष्ठ जोशी र आना शर्माको जोडी पोस्टरमा देखिन्छन्। यी नै फिल्मका मुख्य कलाकार हुन्।

भदौ २ गते रिलिज हुने फिल्मको ट्रेलर र एउटा गीत रिलिज भइसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.